बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नवप्रवेशी केप भर्डेसँग पूर्व विश्वविजेता स्पेन बराबरीमा रोकियो


    हुलाक प्रेस

    • मंगलबार, असार २ २०८३१२:०६
    नवप्रवेशी केप भर्डेसँग पूर्व विश्वविजेता स्पेन बराबरीमा रोकियो

    काठमाडौं । फिफा विश्वकप–२०२६ मा नवप्रवेशी केप भर्डेसँग पूर्व विश्वविजेता स्पेन बराबरीमा रोकिएको छ ।

    अमेरिकाको एटलान्टास्थित एट्लान्टा रंगशालामा भएको खेलमा गोलकिपर भोजिन्हाको उत्कृष्ट प्रदर्शनमा केप भर्डेले स्पेनलाई गोलरहित बराबरीमा रोकेको हो ।

    सन् २०१० को विश्वविजेता स्पेनले पहिलोपटक विश्वकप खेलिरहेको केप भर्डेमाथि खेलभर नै दबाब सिर्जना गरेपनि गोल गर्न सकेन । स्पेनले ७४ प्रतिशत खेल पोजिशन बनाएको थियो । ८ वटा सर्ट अन टार्गेट प्रहार गरेको थियो । जसलाई केप भर्डेका गोलकिपर भोजिन्हाले विफल बनाए ।

    जसका कारण फिफा वरियताको तेस्रो स्थानमा रहेको स्पेन ६४औं स्थानमा रहेको केप भर्डेसँग बराबरीमा रोकिन पुग्यो ।


    प्रतिक्रिया दिनुहोस