बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • त्रिभुवन विमानस्थलबाट थाइल्यान्डको गाँजासहित भारतीय नागरिक पक्राउ


    हुलाक प्रेस

    • आइतबार, असार २१ २०८३१२:४६
    त्रिभुवन विमानस्थलबाट थाइल्यान्डको गाँजासहित भारतीय नागरिक पक्राउ

    काठमाडौँ । थाइल्यान्डबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका एक भारतीय यात्रुको साथमा गाँजा फेला परेपछि प्रहरीले पक्राउ गरेको छ ।  

    विमानस्थलस्थित नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालयले आज (आइतबार) बिहान लगेज चेकजाँच गर्ने क्रममा चक्लेटको प्याकेटभित्र थाइल्यान्डको गाँजा २ केजी ८०० ग्राम भेटिएपछि भारतको कोलकत्ता पश्चिम बंगाल ठेगाना भएका ५७ वर्षीय हरि क्षेत्रीलाई नियन्त्रणमा लिएको हो । 

    लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार भारतीय नागरिक क्षेत्री थाई एयरवेजको उडान नं. टीजी ३०९ मा थाइल्यान्डको बैंककबाट नेपाल आएका थिए । बरामद लागुऔषध गाँजा थाइल्यान्डबाट नेपाल हुँदै भारतको कोलकाता लान लागिएको अनुसन्धानबाट खुल्न आएको ब्युरोले जनाएको छ । 

    साथै उनको साथमा रहेका पासपोर्ट र मोबाइल पनि प्रहरीले जफत गरेको छ । पक्राउ गरिएका क्षत्रीविरुद्ध लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको लागुऔषध ब्युरोले जनाएको छ । 
     


    प्रतिक्रिया दिनुहोस