काठमाडौं । पछिल्लो एक घण्टामा चितवन आसपास भारी वर्षा मापन गरिएको छ । सोमबार राति ९ः१५ बजे चितवनस्थित नारायणी देवघाट वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
"पछिल्लो १ घण्टामा चितवनस्थित नारायणी देवघाट वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ," विभागले सूचना जारी गर्दै भनेको छ ।
विभागका अनुसार, थप वर्षाको सम्भावना छ । सो क्षेत्र भई बहने स–साना खोलाहरूमा बहाब बढ्न सक्ने भएको हुँदा नदी तटीय क्षेत्रमा रहनेले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।