काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुनसरी लगायतमा घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रका नाममा सम्बोधन गर्दै उनले घटनाको छानबिन निष्पक्ष र पूर्ण पारदर्शी हुने बताएका हुन ।
“सुनसरी लगायतका घटनापछि सुरक्षा निकायहरूले परिस्थितिलाई सामान्य बनाउन लागि पर्नुभएको छ । घटनाको निष्पक्ष छानबिन गरिने छ । यो छानबिन निष्पक्ष र पारदर्शी हुनेछ । जो कोही भए पनि कानुनको दायरामा ल्याउन सरकार कटिबद्ध छ,” प्रधानमन्त्री बालेनले भने ।