काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशावासीका नाममा सांबोधन गरेका छन् । मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका प्रधानमन्त्री शाहले घाइतेको उपचारमा कुनै कमी नगर्न सम्बन्धित निकायलाई निर्देशन भइसकेको उल्लेख गरेका छन् ।
उनले केन्द्रीयस्तरमा सर्वदलीय बैठक राखेर सद्भावका लागि आह्वान भएको र स्थानीयस्तरमा पनि जनप्रतिनिधिहरूले समन्वय गरिरहेको बताए ।
गृहमन्त्री घटनास्थलमा पुगिसकेको, नागरिकसमाज, धार्मिक नेतासहित सबैसँग समन्वय भइरहेको उनले बताएका छन् ।
उनले नेपालको संविधानले सबै धर्मावलम्बीलाई आआफ्नो धर्म मान्ने स्वतन्त्रता प्रदान गरेको भन्दै उक्त स्वतन्त्रताको सद्भावपूर्ण रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।