काठमाडौँ । प्रहरीले भ्रामक सूचना सम्प्रेषण गरेको भन्दै एक युट्युबरलाई बुटवलबाट पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोले बुटवल उपमहानगरपालिका-१३ बस्ने ३९ वर्षीय जनक भुसाललाई पक्राउ गरेको हो ।
उनले ‘नेपाली खबर टीभी’ युट्युब च्यानलबाट जातजाति र सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रसारण गर्ने गरेको ब्युरोको भनाइ छ ।
ब्युरोका अनुसार भुसालले भ्रामक सूचना प्रवाह गर्ने भिडियो बनाएर अफवाह फैलाई जातीय तथा धार्मिक हिंसात्मक तथा ध्वंसात्मक गतिविधिहरूमा संलग्न व्यक्ति तथा समूहलाई थप उत्तेजित बनाउने गरेका थिए ।