काठमाडौँ। दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन्। प्रहरीले उनलाई शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा भक्तपुर निवासबाटै पक्राउ गरेको हो।
प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलनको घोषणा गरेका थिए।
यसअघि पनि उनी पटक पटक पक्राउ परेका छन्।