बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • नेपालमा पनि भेटियो कोभिडको जेएन.१ सव भेरियन्ट, सतर्क रहन अनुरोध


    हुलाक प्रेस

    • सोमबार, पुस २३ २०८००८:२१
    नेपालमा पनि भेटियो कोभिडको जेएन.१  सव भेरियन्ट, सतर्क रहन अनुरोध

    काठमाडौं । विश्वका केही देशहरुमा फैलिरहेको कोभिड–१९ संक्रमणको नयाँ सब–भेरियन्ट जेएन.१ नेपालमा पनि भेटिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  सोमबार विज्ञप्ति जारी गर्दै नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि फेला परेको जनाएको छ। 

    मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित १६ वटा नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको जिन सिक्युन्सिङमा ७ जनामा नयाँ सब–भेरियन्ट जेएन.१ देखिएको हो।
     
    मन्त्रालयले संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य कार्यालयहरूलाई मार्फत आवश्यक स्क्रीनिङ र निगरानी निरन्तर गर्न आग्रह गरेको छ। 

    संक्रमणको फैलावट रोकथाम गर्नका लागि  जनस्वास्थ्यको मापदण्डहरू (भीडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न, र साबुनपानीले हात धुन) पनि मन्त्रालयले आग्रह गरेको छ।


    प्रतिक्रिया दिनुहोस