बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एनआईएमबी बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा छाड्न आदेश


    हुलाक प्रेस

    • बिहीबार , भदौ ४ २०८३१०:४४
    एनआईएमबी बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा छाड्न आदेश

    काठमाडौं । एनआईएमबी बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

    स्मार्ट टेलिकमले धरौटी राखेको धितो लिलाम गरेको अभियोगमा उनीविरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो ।

    उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले ८० लाख धरौटीमा छाड्न आदेश दिएको हो । अब उनले निर्वाधरुपमा बैंकको कामकारबाही अघि बढाउन सक्ने छन् ।

    काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले ८० लाख धरौटीमा रिहा भएको जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस