बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ड्युटीमै रहेकी प्रहरीलाई कुटपिट गर्नेमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप


    हुलाक प्रेस

    • मंगलबार, भदौ ९ २०८३१०:०७
    ड्युटीमै रहेकी प्रहरीलाई कुटपिट गर्नेमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप

    काठमाडौँ । काठमाडौंको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी प्रहरी जवानलाई कुटपिट गर्ने युवकविरुद्ध प्रहरीले दुई वटा कसुरमा अनुसन्धान थालेको छ ।

    जुम्ला घर भएर काठमाडौँ–३१ बस्दै आएका २७ वर्षीय राज कठायतविरुद्ध प्रहरीले राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने र अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान सुरु गरेको हो ।

    आरोपीविरुद्ध दुई वटा कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दान बहादुर थापाले बताए । आक्रमणकारी युवक काठमाडौंमा जडीबुटी बेच्ने काम गर्दै आएको खुलेको छ । उनको पृष्ठभूमि र घटनाबारे थप अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए । 

    मंगलबार बानेश्वरस्थित पुरानो संसद् भवन नजिकै आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा ती युवकले महिला प्रहरीलाई आक्रमण गरेका हुन् । कठायतको आक्रमणबाट सामुदायिक प्रहरी सेवा केन्द्र, नयाँ बानेश्वरमा कार्यरत प्रहरी घाइते भएकी छन् ।


    प्रतिक्रिया दिनुहोस