बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कृष्णभीरमा 'ट्रायल'को रूपमा ग्यास बुलेट र हेभी सवारी पास गराइयो


    हुलाक प्रेस

    • आइतबार, भदौ २८ २०८३११:१०
    कृष्णभीरमा 'ट्रायल'को रूपमा ग्यास बुलेट र हेभी सवारी पास गराइयो

    काठमाडौं । गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीका कारण ठप्प रहेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडक सञ्चालनको तयारी थालेको छ ।

    त्रिशुली नदीले तल्लो तटीय क्षेत्रमा कटान गरेपछि सडक भासिएपछि गत भदौ १४ गतेदेखि बन्द रहेको थियो । जसको कारण काठमाडौं उपत्यकाको दैनिक उपभोग्य वस्तुहरूको भाउ बढ्नुको साथै ग्यासको अभाव भएको छ । आइतबार भने सडकको भित्तातर्फको नयाँ ट्रयाक खोल्ने काम पूरा भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी सुमित खड्काले जानकारी दिए । 

    सडक निर्माण गर्न थालिएको १३ दिनपछि ट्रयाक खोल्ने काम पूरा भएको उनले जानकारी दिए । 'ट्रायल'को रूपमा ग्यास बुलेट र हेभी सवारी पास गराइएकाे उनले बताए ।

    “आज एकतर्फी यातायात सञ्चालन गरेका छौँ । अबको तीन/चार दिनभित्र नै पूर्ण रूपमा सञ्चालन हुन्छ । ३०/३५ वटा सवारी पास गरेका छौँ । तर, यो ट्रायल मात्रै हो ।”


    प्रतिक्रिया दिनुहोस