बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • हिउँ पहिरोमा पुरिएर मनास्लुमा दुई जनाको मृत्यु


    हुलाक प्रेस

    • आइतबार, असोज ४ २०८३१०:५४
    हिउँ पहिरोमा पुरिएर मनास्लुमा दुई जनाको मृत्यु

    गोरखा । हिउँपहिरोमा पुरिएर मनास्लु हिमालमा दुईजनाको मृत्यु भएको छ । भारतीयमूलका जर्मनीका नागरिक र उनका सहयोगी नेपाली नागरिकको गएराति हिउँपहिरोमा पुरिएर मृत्यु भएको हो । 

    सुतिरहेको टेन्टमा माथिबाट आएको हिउँपहिरोले पुरिएर जर्मनीका आरोही ध्रुवज्योति गुहा र उनका आरोहण सहयोगी फुर्सेम्बा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै जना मकालु एड्भेञ्चर कम्पनी प्रालिबाट मनास्लु आरोहणका लागि गएका थिए । 

    तेस्रो शिविरमा टेन्टभित्रै करिब सात फिट हिउँले पुरिएर दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको शव सोमबार हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भएको छ ।

    यससँगै मनास्लुमा यस याममा मृत्यु हुनेको संख्या चार पुगेको छ । यसअघि सिंगापुरका आरोही ५० वर्षीय लाउ वी सेङको पनि दोस्रो शिविरमा मृत्यु भएको थियो । साथै, नेपाली सहयोगी २० वर्षीय टासी शेर्पाको पनि आधारशिविरमा मृत्यु भएको थियो ।

    मनास्लु आरोहणका लागि यस याममा ४८० विदेशी आरोहीले अनुमति लिएका छन् । आरोहणको रोप फिक्सिङ सम्पन्न भइसकेको छ । आरोहीहरू आरोहणको अन्तिम तयारी गरिरहेका छन् । रासस


    प्रतिक्रिया दिनुहोस