बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • निजी इन्टरनेट सेवा प्रदायक चारवटा कम्पनीको रिट खारेज


    हुलाक प्रेस

    • मंगलबार, असोज ६ २०८३०९:०१
    निजी इन्टरनेट सेवा प्रदायक चारवटा कम्पनीको रिट खारेज

    काठमाडौं । सर्वोच्च अदालतले निजी इन्टरनेट सेवा प्रदायक चारवटा कम्पनीहरूले कर असुली प्रकरणमा ठूला करदाता कार्यालयविरुद्ध दायर गरेको रिट  खारेज भएको छ । 

    सर्वोच्चका न्यायाधीशद्वय अव्दुल अजीज मुसलमान र नृपध्वज निरौला संलग्न संयुक्त इजलासले चारवटै कम्पनी डिश मिडिया नेटवर्क, क्लासिक टेक, सुबिसु केवलनेट र भायानेट कम्युनिकेसन्सको रिट खारेज गर्ने फैसला गरेको हो । रिट खारेजीको फैसला भए पनि बृहत् व्याख्यासहित आदेशको पूर्णपाठ भने आउन बाँकी छ । 

    दूरसञ्चार सेवा दस्तुर, आयकर, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष बक्यौता विवादमा  इन्टरनेट कम्पनी सर्वोच्च पुगेका हुन् । आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्मको कर परीक्षणपछि ठूला करदाता कार्यालयले यी कम्पनीसँग कर माग पत्र जारी गरेको थियो । करोडौँ करका लागि माग पत्र जारी गरेपछि यी चारवटा कम्पनी सर्वोच्च पुगेका थिए । 


    प्रतिक्रिया दिनुहोस