बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • शनिबार २५ जिल्लामा सवारीसाधन सञ्चालनमा पूर्ण रोक


    हुलाक प्रेस

    • शुक्रबार, असोज ९ २०८३१०:३२
    शनिबार २५ जिल्लामा सवारीसाधन सञ्चालनमा पूर्ण रोक

    काठमाडौं । शनिबार २५ जिल्लामा सवारीसाधन सञ्चालन पूर्ण रुपमा बन्द गरिने भएको छ । भारी वर्षाको कारण २५ जिल्लामा सडक पूर्ण रूपमा बन्द गर्न लागिएको सडक विभागले जनाएको छ ।

    हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, बाजुरा, कालिकोट, डोटी, अछाम, सुर्खेत, सल्यान, बाँके, बर्दिया लगायतका जिल्लामा पूर्ण रूपमा सवारी सञ्चालनमा रोक लगाइएको हो।

    यस्तै २७ जिल्लामा रातको समयमा सवारी आवागमन नहुने सडक विभागको सूचनामा भनिएको छ । रातमा सवारी नचल्ने जिल्लाहरूमा दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, धादिङ लगायतका छन् ।

    बाँकी २५ जिल्लामा सतर्क रहनका लागि सडक विभागले भनेको छ । 


    प्रतिक्रिया दिनुहोस