बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ


    हुलाक प्रेस

    • शनिबार, पुस २८ २०८००५:१९
    कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

    जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ।

    कोभिड–१९ को पुष्टि गरिएका घटना सार्वजनिक भएभन्दा दुईदेखि १९ गुणा बढी रहेको महामारी तथा संक्रमण रोकथामका निम्ति जिम्मेवार विश्व स्वास्थ्य संगठनका अन्तरिम निर्देशक मारिया भान केरखोभले विशेष विश्लेषणमा बताएकी हुन् ।

    ५० देशबाट अझै पनि प्रतिमहिना करिब १० हजारजनाको कोरोना–सम्बन्धित मृत्यु हुने गरेको रिपोर्ट गरिएको छ ।

    भान केरखोभले भाइरसको विकसित प्रकृतिका बारेमा चिन्ता व्यक्त गर्दै  कोभिड–१९ को पछिल्लो संस्करणले विश्व स्वास्थ्य संगठनद्वारा विश्लेषण गरिएको विश्वव्यापी अनुक्रमको लगभग ५७ प्रतिशत प्रतिनिधित्व गर्ने बताएकी छन् ।

    डिसेम्बर २०२३ को अन्त्यसम्ममा ७० लाखभन्दा बढी कोभिड–१९ संक्रमणपछि मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । रासस/सिन्ह्वा


    प्रतिक्रिया दिनुहोस