बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • 'घुस वापत्' नगद र चेकसहित पक्राउ परेका मेयरले भ्रष्टाचार मुद्दामा सफाई पाए


    हुलाक प्रेस

    • शुक्रबार, माघ ५ २०८००२:५५
    'घुस वापत्'  नगद र चेकसहित पक्राउ परेका मेयरले भ्रष्टाचार मुद्दामा सफाई पाए

    काठमाडौं । घुस बापत लिएको नगद रकम र चेकसहित पक्राउ परेका रौतहटको देवाही गोनाही नगरपालिकाका तत्कालीन नगर प्रमुख (मेयर) धर्मेन्द्र प्रसाद पटेल र उनका सहयोगी अशोक प्रसाद पटेलले सफाइ पाएका छन्। 

    विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले उनीहरुलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो।

    अख्तियारका अनुसार उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा नगरप्रमुख पटेलले सेवाग्राहीसँग ५ लाख घुस माग गरेका थिए।

    घुस वापत २ लाख ५० हजार नगद र २ लाख ५० हजारको चेक बुझिसकेको अवस्थामा २०७८ फागुन १५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो। सोही मुद्दामा उनीहरुले अहिले सफाइ पाएका हुन्।


  • सम्बन्धित विषय:

  • # विशेष अदालत
  • प्रतिक्रिया दिनुहोस