काठमाडौं । छानबिनमा तानिएका जिल्ला न्यायाधीश डा परशुराम भट्टराईले राजीनामा बुझाएका छन्। न्यायाधीश भट्टराईले प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठलाई आफ्नो राजीनामा वुझाएका हुन्।
प्रधानन्यायाधीशको सचिवालयका अनुसार भट्टराईले माघ ५ गते, शुक्रबार आफ्नो राजीनामा बुझाएका थिए।
लामो समयदेखि न्याय परिषद्मा तानिएका जिल्ला न्यायाधीश भट्टराईले छानबिन नसकिँदै राजीनामा दिएका हुन्। आफूमाथिको छानबिन पनि नसकिएको र जिम्मेवारी पनि नतोकिएको भन्दै न्यायाधीश भट्टराईले शुक्रबार राजीनामा दिएका हुन्।