बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कोशी प्रदेश प्रमुखले समर्थकको सनाखत गरेर शनिबार मुख्यमन्त्री नियुक्ति गर्ने


    हुलाक प्रेस

    • शुक्रबार, असोज २६ २०८००८:१८
    कोशी प्रदेश प्रमुखले समर्थकको सनाखत गरेर शनिबार मुख्यमन्त्री नियुक्ति गर्ने

    काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्रीको नियुक्ति शनिबार मात्रै हुने भएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले दुवै पक्षका समर्थक सां‌सदको सनाखत गरेर मात्रै मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गरेका हुन्।

    कोशीमा मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका केदार कार्की र नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोले दाबी पेस गरेका छन्। कार्कीले नेकपा एमालेका ३९ र कांग्रेसका ८ सा‌ंसदसहित ४७ जनाको समर्थन जुटाएका छन्। गठबन्धनबाट आङ्बोले कांग्रेससहित चार दलको समर्थन जुटाएका छन्।

    प्रदेख प्रमुख खार्पुङले शुक्रबार अपरान्ह ५ बजेसम्मका लागि संविधानको धारा १७८ (५) बमोजिम बहुमत सांसदहरूको हस्ताक्षरसहित सरकार दाबी गर्न आह्वान गरेका थिए। सोहीअनुसार कार्कीले ४७ सांसदको समर्थन जुटाएका थिए।

    प्रदेश प्रमुख खार्पुङले शुक्रबार साँझ सूचना जारी गर्दै सनाखत गरेर मात्रै शनिबार मुख्यमन्त्री नियुक्त गर्ने जानकारी दिएका छन्। शनिबार बिहान ८ देखि २ बजेसम्म दुवै पक्षका दाबीकर्तालाई सनाखतका लागि बोलाइएको छ।


    प्रतिक्रिया दिनुहोस