बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कोशीका मुख्यमन्त्री काठमाडौं ओर्लने वित्तिकै शेखर निवासमा पुगे


    हुलाक प्रेस

    • शनिबार, असोज २७ २०८००७:३०
    कोशीका मुख्यमन्त्री काठमाडौं ओर्लने वित्तिकै शेखर निवासमा पुगे

    काठमाडौं । कोशीका मुख्यमन्त्री केदार कार्की काठमाडौं आएका छन् । शनिबार प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको नियुक्ति पाएपछि उनी काठमाडौं आएका हुन् । काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण भएपछि उनी कांग्रेस नेता शेखर कोइरालाको निवासमा पुगेका छन् ।

    मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथ लिनुअघि उनी नेताहरु भेट्न काठमाडौं आएका हुन् ।

    एमालेका ३९ सांसद र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेलाई पनि सरकारमा सहभागी गराउनुपर्ने बाध्यता छ । तर, आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच सत्तारुढ गठबन्धनप्रति प्रतिवद्ध रहने सहमति भएको छ । यही अप्ठेरोका बीच मुख्यमन्त्री कार्की नेताहरुसँग छलफल गर्न काठमाडौं आएका स्रोतको भनाइ छ ।


    प्रतिक्रिया दिनुहोस