बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको सपथ आज


    हुलाक प्रेस

    • आइतबार, असोज २८ २०८००८:५८
    कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको सपथ आज

    काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस सांसद केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । 

    एमालेका ३९ र काँग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीलाई आज  प्रदेश प्रमुख पर्शुराम खापुङले  शपथ गराउनेछन् । 

    संविधानको धारा १६८ को उपधारा (५) अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि असोज २० गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि राजीनामा दिएका थिए । 


    प्रतिक्रिया दिनुहोस