बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विश्व कप क्रिकेट: नेदरल्याण्ड्सविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक ९ २०८००१:४३
    विश्व कप क्रिकेट: नेदरल्याण्ड्सविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित

    काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिलेसम्मकै ठूलो अन्तरको कीर्तिमानी जित निकालेको छ।

    बुधबार भएको खेलमा नेदरल्यान्ड्स ३ सय ९ रनले पराजित भयो। यसअघि सन् २०१५ को विश्वकपमा अस्ट्रेलियाले नै अफगानिस्तानलाई २ सय ७५ रनले हराएको थियो। जितका लागि ४ सय रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २१ ओभरमा अलआउट भयो। उसले जम्मा ९० रन जोड्यो।

    यो खेलमा अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए। त्यस्तै, मिचेल मार्सले २ तथा मिचेल स्टार्क, जोस हेजलउड र प्याट कमिन्सले समान एक/एक विकेट लिए। नेदरल्यान्ड्सका विक्रमाजित सिंहले सर्वाधिक २५ रन बनाए। 
    त्यसअघि ग्लेन म्याक्सवेलको कीर्तिमानी शतकमा अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ९९ रन बनाएको थियो ।

    म्याक्सवेलले विश्व कप इतिहासमा सबैभन्दा छिटो ४० बलमा शतक बनाए। उनले ४४ बलमा १ सय ६ रन जोडे। अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले पनि शतकीय पारी खेले।


    प्रतिक्रिया दिनुहोस