बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ५२ ओटा रोग सङक्रामकको सूचीमा


    हुलाक प्रेस

    • आइतबार, असार २३ २०८१०४:२१
    ५२ ओटा रोग सङक्रामकको सूचीमा

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । 

    सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूची तयार पारेको हो ।

    सङ्क्रामक रोगहरुको सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेङ्गु, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआईभी, हात्तिपाइले  स्क्रब टाइफस, कालाजार, रुबेलालगायतका रोगहरु रहेका छन् । 

    सङ्क्रामक रोग विशेषज्ञ डा अनुप बास्तोलाले पहिलो पटक सङ्क्रामक रोगबारे सूचिकृत गरिएको बताए । उनले ती रोगले हुन सक्ने समस्या, अन्तर्राष्ट्रिय स्वास्थ्य नियम र कानुन अनुसार सूचिकृत गरिएको जानकारी दिए । 
    रासस


    प्रतिक्रिया दिनुहोस