बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • हङकङविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक ३० २०८०१२:००
    हङकङविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । ४ देश सम्मलित महिला टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले हङकङविरुद्ध ब्याटिङ सुरु गरेको छ। हङकङस्थित हङकङ क्रिकेट क्लबको मैदान टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। 

    दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिएका छन्। नेपालले पहिलो खेलमा हार बेहोरेको थियो। बुधबार भएको खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो। 

    बिहीबार दोस्रो खेलमा हङकङसँग खेल्न लागेको नेपालले मंसिर २ गते जापानको सामना गर्नेछ। शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन्। पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

    सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्।


    प्रतिक्रिया दिनुहोस