बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पिएसजी एमबाप्पेविरुद्ध कानुनी लडाइँ लड्न तयार


    हुलाक प्रेस

    • शुक्रबार, भदौ २८ २०८१११:५६
    पिएसजी एमबाप्पेविरुद्ध कानुनी लडाइँ लड्न तयार

    काठमाडौं । फ्रेन्च फरवार्ड केलियन एमबाप्पेले पारिश्रमिक विवादमा मध्यस्थता गर्ने फ्रेन्च फुटबल लिगको गभर्निङ बडी (एलएफपी) को प्रस्ताव अस्वीकार गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कानुनी लडाइँ लड्न तयार रहेको बताएको छ ।

    फ्रेन्च सञ्चारमाध्यमका अनुसार २५ वर्षीय एमबाप्पेले क्लबसँग करिब ५ करोड ५० लाख युरो माग गरेका छन्।

    कमिसनले स्पेनिस क्लब रियाल मड्रिड पुगेका एमबाप्पेलाई रोजगार न्यायाधिकरणमा जान वा आपसी सहमतिमा क्लबसँग विवाद समाधान गर्ने सुझाव दिएको छ ।

    ‘दुवै पक्षको तर्क सुनेपछि आयोगले पिएसजी र खेलाडीबीच मध्यस्थताका लागि पटक-पटक जोड दिएको छ,’ क्लबले  भनेको छ, ‘यसलाई खेलाडीले अस्विकार गरेका छन् । अब विषयमा पूर्ण निर्णय लिन अब अर्को कानुनी लडाइँ लड्नु बाहेक अन्य विकल्प छैन । हामी त्यसका लागि तयार छौं ।’


    प्रतिक्रिया दिनुहोस