काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार चौथो खेलमा जित निकाल्दा लिभरपुल भने पहिलो पटक पराजित भयो ।
चौथो खेलमा लगातार जित निकाल्ने क्रममा सिटीले ब्रेन्टफोर्डलाई २-१ ले पराजित गर्यो । सिटीका स्टार स्ट्राइकर अर्लिङ हालान्डले टिमको जितमा दुवै गोल गरेका थिए । यद्यपि, खेलमा अग्रता भने योयनी विसाको गोलमा ब्रेन्टफोर्डले पहिलो मिनेटमै गरेको थियो ।
खेलमा सिटीले हालान्डको गोलमार्फत १९ औं मिनेटमा बराबरी गोल फर्काउँदा एडर्सनको गोलमा हालान्डले ३२ औं मिनेटमा अग्रता दिलाएका थिए । त्यसपछि पनि सिटीले लगातार आक्रमण गरेपनि सफल हुन सकेन ।
त्यस्तै, अर्को खेलमा लिभरपुल नोटिङ्घम फरेस्टसँग १-० ले स्तब्ध बन्यो । जारी सिजन लिभरपुलको यो पहिलो हार हो । चौथो खेलमा लिभरपुललाई हारका लागि कौलम हुडसन-ओडोइले गरेको एकमात्र गोल पर्याप्त भयो । लिभरपुलविरुद्ध नोटिङ्घमको यो १९६९ पछि पहिलो जित हो ।
पहिलो हाफमा लगातार उत्कृष्ट अवसर सिर्जना गरेपनि लिभरपुल गोल गर्न सफल भएन । यद्यपि, नोटिङ्घमले दोस्रो हाफमा गरेको एकमात्र गोल निर्णायक बन्यो । हड्सन ओडोइले ७२ औं मिनेटमा गरेको गोल उसलाई तीन अङ्कका लागि पर्याप्त बन्यो ।
खेलपछि लिभरपुल ४ खेलबाट १२ अंकका साथ शीर्ष स्थानमा छ । लिभरपुल ९ अंकका साथ दोस्रो स्थानमा रहँदा एस्टन भिल्लाको पनि ९ अंक रहेको छ ।