बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • दुई गोलसँगै मेसीको शानदार पुनरागमन


    हुलाक प्रेस

    • आइतबार, भदौ ३० २०८१०७:५५
    दुई गोलसँगै मेसीको शानदार पुनरागमन

    काठमाडौं । दुई महिनाअघि कोपा अमेरिकामा घाइते भएका मेसीले सानदार पुनरागमन गरेका छन् । जुलाईमा घाइते भएपछि मैदान बाहिर रहेका मेसीले आइतबार बिहान इन्टर मियामीका लागि पहिलो खेल खेलेका हुन् ।

    अमेरिकी लिग सकर (एमएलएस) मा इन्टर मियामीले फिलाडेल्फियालाई ३–१ ले हरायो । यो खेलमा मेसीले दुई गोल गरे भने एक असिस्ट उपलब्ध गराएका थिए । अर्काे लुइस स्वारेजको नाममा रह्यो ।

    मेसीले कोपा अमेरिकाअन्तर्गत फाइनल खेलमा कोलम्बियाविरुद्ध घाइते भएपछि ६६औं मिनेटमा मैदान छाडेका हुन् । लौटारो मार्टिनेजको अतिरिक्त समयमा निर्णायक गोल गरेपछि अर्जेन्टिना लगातार दोस्रो  पटक च्याम्पियन भएको थियो ।

    यता, २८ खेलबाट शीर्षस्थानमा रहेको इन्टर मियामीले ६२ अंक जोडेको छ । ५२ अंकसहित एफसी सिन्सिनाटी दोस्रो स्थानमा छ । पराजित फिलाडेल्फिया ३० अंकसहित २२औं स्थानमा रह्यो । ३७ वर्षीय मेसीले फिलाडेल्फियाविरुद्ध प्लेइङ सेटमै खेलेका थिए । पहिलो हाफमै दुई गोल गरेका हुन् ।

    यसअघि खेलको दोस्रो मिनेटमै माइकलले गोल गर्दै इन्टर मियामीलाई दबाब बढाएका थिए । मेसीले स्वारेजको पासमा २६औं मिनेटमा बराबरी गोल गरे । जोर्डी अल्वाले ३०औं मिनेटमा उपलब्ध गराएको बललाई मेसीले सहजै पोष्टको दिशा दिएका थिए ।
    मेसीले दिएको पासलाई सदुपयोग गर्दै स्वारेजले इन्जुरी समयमा तेस्रो गोल गरेका हुन् । 
     


    प्रतिक्रिया दिनुहोस