काठमाडौं । इङ्लिस प्रिमियर लिगमा आइतबार आर्सनलले घरेलु टोली टोटनहमविरुद्ध १-० को कठिन जित दर्ता गरेको छ ।
जितसँगै चार खेलमा १० अंक जोडेको आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । पराजित टोटनहम समान खेलबाट चार अंकका साथ १३औं स्थानमा छ ।
टोटनहम रंगशालामा गाब्रियल मेगलहेसले गरेको एक मात्र गोल आर्सनललाई जित दिलाउन पर्याप्त बन्यो । मेगलहेसले खेलको ६४औं मिनेटमा बुकायो साकाको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिए ।