बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रियालको विजयी सुरुवात


    हुलाक प्रेस

    • बुधबार, असोज २ २०८१०९:५६
    रियालको विजयी सुरुवात

    काठमाडौं । साविक विजेता रियाल मड्रिडले युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेको छ ।

    घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार रियालले स्टुटगार्टविरुद्ध ३-१ को जित निकाल्यो । रियाललाई जित दिलाउन किलियन एमबाप्पे, एन्टोनियो रुडिगर र एन्ड्रिकले गोल गरे । स्टुटगार्टका लागि डेनिज युन्डेभले गोल फर्काए ।

    दोस्रो हाफको सुरुआतमै एमबाप्पेको गोलमार्फत रियालले अग्रता लिएको थियो । ६८औं मिनेटमा युन्डेभले स्टुटगार्टका लागि बराबरी गोल गरे ।

    निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा रुडिगरले गोल गर्दा रियाल २-१ ले अगाडि बढाए । इन्जुरी समयमा एन्ड्रिकले गोल गर्दै रियाललाई सुखद सुरुआत दिलाए ।

    लिग अन्तर्गतकै अन्य खेलमा बायर्न म्युनिखले डिनामो जाग्रेबलाई ९-२, स्पोर्टिङ सिपी लिस्बनले लिललाई २-०, एस्टन भिल्लाले योङ ब्वाइजलाई ३-० तथा लिभरपुलले एसी मिलान र युभेन्टसले पिएसभीलाई समान ३-१ ले पराजित गरे । 


    प्रतिक्रिया दिनुहोस