बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विश्वकप लिग २: नेपालले आज ओमानको सामना गर्ने


    हुलाक प्रेस

    • बुधबार, असोज २ २०८११०:११
    विश्वकप लिग २: नेपालले आज ओमानको सामना गर्ने

    काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडा भ्रमणमा रहेको नेपालले ऋंखलाको दोस्रो खेलमा आज ओमानको सामना गर्दैछ। क्यानडाको किङ्ग सिटीमा हुने खेल नेपाली समय अनुसार राती ८:४५ मा सुरु हुने छ।

    अघिल्लो संस्करणमा दुबै टोलीले राम्रो स्कोरसँगै शीर्ष ४ मा रहेर यात्रा अन्त गरेका थिए। उक्त संस्करणमा ओमानले दोस्रो र नेपालले तेस्रो स्थानमा रहेर लिग-२ को यात्रा सकेका थिए।

    तर यो पटक दुबै टिमले सोचेअनुसारको सुरुवात गर्न सकेका छैनन्। जारी ऋंखलामा ओमान ४ खेलबाट १ जित र २ हार सहित ३ अङ्क बनाएर छैटौं स्थानमा रहँदा ५ खेल खेलेको नेपाल २ अङ्कका साथ तालिकाको सातौं स्थानमा रहेको छ।

    अघिल्लो संस्करणमा नेपाल र ओमानबिच ६ खेलमा एक अर्का विरुद्ध प्रतिस्पर्धा हुँदा ४ खेलमा ओमानले तथा २ खेल नेपालले जित हासिल गरेको थियो। पछिल्लो पाँच भिडन्तलाई आधार मान्दा नेपालले ३ खेलमा जित निकाल्दा ओमानले २ खेलमा जित हासिल गरेको छ।

    यी दुई टोलीबिच पछिल्लो पटक २०२३ को अप्रिलमा कीर्तिपुरमा भएको मेन्स प्रिमियरकपमा प्रतिस्पर्धा भएको थियो। सो खेलमा नेपाल ८४ रनले विजयी भएको थियो।


    प्रतिक्रिया दिनुहोस