बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विश्वकप लिग-२: नेपाल लगातार दोस्रो खेलमा पराजित, ओमन एक विकेटले विजयी


    हुलाक प्रेस

    • बिहीबार , असोज ३ २०८१०७:०३
    विश्वकप लिग-२: नेपाल  लगातार दोस्रो खेलमा पराजित, ओमन एक विकेटले विजयी

    काठमाडौं । विश्वकप लिग-२ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ओमानसँग १ विकेटले पराजिति भएको छ। नेपालले दिएको २ सय २० रनको लक्ष्य ओमानले अन्तिम बल बाँकी हुँदा ९ विकेट गुमाएर पुरा गर्‍यो।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवातका बाबजुत निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६० रन बनाउँदा गुल्सन झाले पनि अलराउन्डर प्रदर्शन गरे। झाले ब्याटिङ तर्फ ३५ बलमा ५३ रनको अर्धशतकीय इनिङ खेले।

    गुल्सनले ओमानको पाँच विकेट समेत लिएका थिए।  नेपालका लागि आरिफ शेखले ३५ रन बनाउँदा आसिफ शेख, भिम सार्की र सन्दीप लामिछानेले समान ११-११ रन बनाए। सोमपाल कामी २० रनमा रनआउट भएका थिए। ओमानका लागि अकिब इलियस, फयाज बट र कलिमुल्लाहले समान २-२ विकेट लिएका थिए। त्यस्तै सकिल अहमेद र सोइब खानलेपनि १-१ विकेट रह्यो।

    २ सय २१ रनको लक्ष्य पछ्याएको ओमानले राम्रो सुरुवात गरेको थियो। उसले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गर्‍यो। ओपनर कश्यप प्रजापतीले ३६ रन बनाउँदा जतिन्द्र सिंहले ४१ रन बनाए। त्यस्तै कप्तान अकिब इलियसले २९ रन बनाउँदा प्तिक अथभले २६रन बनाए। टिमको जितमा भने सकिल अहमेदको १७ रन महत्वपूर्ण रह्यो। त्यस्तै कलिमुल्लाह ८ बलमा ६ रन बनाउँदै सकिल सँगै अविजित फर्किए।

    नेपालका लागि गुल्सन झाले १० ओभर बलिङ गर्दै ४७ रन खर्चिएर पाँच विकेट लिए। त्यस्तै सन्दीप लामिछाने र आरिफ शेखले १-१ विकेट लिंदा करण केसीले २ विकेट लिए। अब नेपालले सिरिजको तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा  ८असोजमा ओमानविरुद्ध खेल्ने छ ।ओडिआई सिरिज सकिए पछि तीन टोलीबीचमा टी-२० सिरिजको कार्यतालिका रहेको छ।


    प्रतिक्रिया दिनुहोस