बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • फिफा वरीयता : विश्वकप विजेता अर्जेन्टिना शीर्ष स्थानमा कायमै


    हुलाक प्रेस

    • शुक्रबार, असोज ४ २०८१०६:५५
    फिफा वरीयता : विश्वकप विजेता अर्जेन्टिना शीर्ष स्थानमा कायमै

    काठमाडौं । विश्वकप विजेता अर्जेन्टिना विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयताको शीर्ष स्थानमा कायमै रहेको छ । 

    फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार अर्जेन्टिनाले १८८९.०२ अंकसहित शीर्ष स्थानमा कब्जा जमाएको हो । दुई वर्षअघि कतारमा भएको फिफा विश्वकप जितेयता अर्जेन्टिना वरीयताको शीर्ष स्थानमा कायमै छ । 

    फिफाको सेप्टेम्बर विन्डोमा चिलीलाई ३–० हराउँदा कोलम्बियासँग २–१ ले पराजित भएको थियो । वरीयताको दोस्रोदेखि १०औँ स्थानसम्म परिवर्तन भएको छ । नयाँ अद्यावधिक वरीयताअनुसार फ्रान्स दोस्रो, स्पेन तेस्रो, इंग्ल्यान्ड चौथो र ब्राजिल पाँचौँ स्थानमा छन् ।

    यस्तै, बेल्जियम छैटौँ, नेदरल्यान्ड्स सातौँ, पोर्चुगल आठौँ, कोलम्बिया नवौँ र इटाली १०औँ स्थानमा छन् । एसियाली वरीयतामा भने जापान शीर्ष स्थानमा छ । विश्व वरीयतामा भने जापान १६औँ स्थानमा छ ।
     


    प्रतिक्रिया दिनुहोस