बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एमबाप्पेको गोलमा रियल मड्रिडको शानदार जित


    हुलाक प्रेस

    • आइतबार, असोज ६ २०८१०७:५९
    एमबाप्पेको गोलमा रियल मड्रिडको शानदार जित

    काठमाडौं । केलियन एमबाप्पेले स्पेनिस ला लिगाको तीन खेलमा चौथो गोल गरेपछि रियल मड्रिडले इस्पानियोलमाथि सानदार जित दर्ता गरेको छ । 

    शनिबार राति भएको खेलमा रियलले इस्पानियोलमाथि ४–१ को फराकिलो जित हात पारेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको हो । 

    खेलको ५४ औँ मिनेटमा जोफ्रे क्यारेरासको क्रसमा थिबाउट कोर्टोइसको आत्मघाति गोलमा इस्पानियोलले सुरुवाती अग्रता थियो। यद्यपी यो अग्रता चार मिनेट मात्र टिक्न सक्यो ।

    यद्यपी खेलको ५८ औँ मिनेटमा ड्यानी कार्भाजलले गोल गर्दै रियललाई बराबरीमा ल्याए । खेलको ७५ औँ मिनेटमा भिनिसियस जुनियरको पासमा रोड्रिगोले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । 

    ७८ औँ मिनेटमा केलियन एमवाप्पेको पासमा भिनिसियस जुनियरको गोलमा रियल ३–१ को स्थितीमा पुग्यो । खेलको अन्तिम मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै रियललाई ४–१ को फराकिलो जित दर्ता गराए । 

    ला लिगाको ६ मध्य चारमा खेलमा जित निकालेको रियल १४ अंकमा तालिकाको दोस्रो स्थानमा छ । रियलभन्दा एक खेल कम खेलेको बार्सिलोना ५ खेलमा १५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट एथलेटिको मड्रिड ११ अंकमा तालिकाको तेस्रो स्थानमा छ । 

    गएराति नै भएको अन्य खेलमा भ्यालेन्सियाले जिरोनालाई २–० ले पाखा लगाएको छ । ओसासुनाले लस पालमासलाई २–१ ले हराउँदा रियल भल्लाडोलिड र रियल सोसिडाडले भने गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
     


    प्रतिक्रिया दिनुहोस