बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पिएसजी घरेलु टोली रेइम्ससँग बराबरीमा रोकियो


    हुलाक प्रेस

    • आइतबार, असोज ६ २०८१०८:०५
    पिएसजी घरेलु टोली रेइम्ससँग बराबरीमा रोकियो

    काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अंक बाढेको छ । शनिबार राति भएको खेलमा पिएसजी घरेलु टोली रेइम्ससँग १–१ को बराबरीमा रोकियो ।

    बराबरीपछि पनि पिएसजी ५ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा छ । टोलीले तीन अंकको अग्रता बनाएको छ । चार खेलबाट १० अंक जोडेको मार्सेली दोस्रो स्थानमा छ । रेइम्स पाँच खेलबाट ८ अंकसहित पाँचौं स्थानमा रह्यो ।

    खेलको नवौं मिनेटमा केइटो नाकामुराको गोलबाट रेइम्सले अग्रता बनाएको थियो । दबाबमा आएको पिएसजीले ६८औं मिनेटमा बराबरी गोल गर्याे । जोआओ नेभेसको पासमा औसमाने डेम्बेले बराबरी गोल गरेका हुन् ।

    बाँकी समयमा दुबै टोलीबाट गोल हुन नसक्दा अंक बाढिएको थियो । पिएसजीका प्रशिक्षक लुइस इनरिक्वे भने खेलपछि खुसी देखिए । डेम्बेले गोल गरेपछि उनले भने, ‘हामी खेलमा धेरै गोल गर्न भन्दा पनि डेम्बेलेलाई लयमा फर्काउन चाहन्थ्यौं,’उनले भने, ‘डेम्बेलेले गोल गरेका छन् । त्यसैमा खुसी छौं ।’

    २७ वर्षीय स्ट्राइकरले यस सिजन मात्र चार गोल र दुई असिष्ट गरेका छन् । हाल उनी टोलीका मुख्य स्ट्राइकर हुन् । 
     


    प्रतिक्रिया दिनुहोस