बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • म्यानचेष्टर युनाइटेड रोकियो


    हुलाक प्रेस

    • आइतबार, असोज ६ २०८१०८:११
    म्यानचेष्टर युनाइटेड रोकियो

    काठमाडौं । म्यानचेष्टर युनाइटेड इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा क्रिष्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ ।

    सेलहष्र्ट पार्कमा २५ हजार समर्थकमाझ दुबै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेनन् । युनाइटेडले भने आफ्नो खराब लयलाई निरन्तरता दिएको छ ।

    बराबरीपछि पाँच खेलबाट ७ अंक जोडेको युनाइटेड ११औं स्थानमा छ । दुई खेल जितेको युनाइटेड एक बराबरी खेल्दा दुबै खेलमा पराजित भएको छ । समान खेलबाट ३ अंक जोडेको प्यालेस १६औं स्थानमा छ ।

    समान १२ अंक भएपछि एक खेल बढी खेलेको लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा छ । राति नै भएको खेलमा लिभरपुलले बर्नामाउथलाई ३–० ले हराएको हो ।

    अन्य खेलमा टोटनहमले ब्रेन्टफोर्डलाई ३–१, चेल्सीले वेष्ट हम युनाइटेडलाई ३–०, फुलहमले न्युक्यासल युनाइटेडलाई ३–१ र एष्टन भिल्लाले उल्भ्सलाई समान ३–१ ले नै  पराजित गरेका छन् । 


    प्रतिक्रिया दिनुहोस