काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियालविरुद्ध ५–१ को फराकिलो जित निकालेको छ । आइतबार राति बार्सिलोनाले आफ्नो अपराजित यात्रा छैटौं खेलसम्म यथावत राख्यो ।
ला लिगमा ६ खेलबाट १८ अंकसहित क्याटलान क्लब शीर्ष स्थानमा छ । दोस्रो स्थानको रियाल मड्रिडको १४ अंक छ । ११ अंक जोडेको पराजित भिल्लारियल पाँचौं स्थानमा छ ।
बार्सिलोनाको जितमा रोबर्टाे लेवान्डोस्की र राफिन्हाले समान दुई तथा पाब्लो टोरेले एक गोल गरे । खेलको ६७औं मिनेटमा पेनाल्टी चुकाउँदा लेवान्डोस्कीले ह्याट्रिक मौका चुकाए । भिल्लारियालको लागि एक मात्रै गोल थिएमो बेरीले गरेका हुन् ।
प्रशिक्षक ह्यान्सी फ्लिकको आगमनसँगै बार्सिलोनाले ला लिगामा सानदार प्रदर्शन गरेको छ । राति नै भएको खेलमा एट्लेटिको मड्रिड रायो भालेकानोसँग १–१ को बराबरीमा रोकिएको छ ।