बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रियालको रोमाञ्चक जित


    हुलाक प्रेस

    • बुधबार, असोज ९ २०८१०९:३०
    रियालको रोमाञ्चक जित

    काठमाडौं । रियाल मड्रिडले स्पेनिस ला लिगामा मंगलबार अलाभेसविरुद्ध ३-२ को रोमाञ्चक जित निकालेको छ ।

    जितसँगै रियालले लिग लिडर बार्सिलोनासँगको अंक दूरी एकमा झारेको छ।रियालको सात खेलबाट १७ अंक छ । एक खेल कम खेलेको बार्सिलोनाको १८ अंक छ।

    यता पराजित अलाभेस सात खेलबाट आठौं स्थानमा छ । यो सँगै रियालले लिगमा आफ्नो अपराजित यात्रालाई ३९ खेलमा पुर्याएको छ। जसमा रियालले २९ जित र १० बराबरी खेलेको छ । घरेलु मैदान स्यान्टियागो बर्नाबेउमा रियाललाई जित दिलाउन लुकास भास्क्वेज, किलियन एमबाप्पे र रोड्रिगोले गोल गरे । अलाभेसका लागि कार्लोस बेनाविडेज र किके गार्सियाले गोल फर्काए ।

    खेलको पहिलो मिनेटमै भास्क्वेजको गोलमार्फत रियालले अग्रता लिएको थियो । ४०औं मिनेटमा एमबाप्पेले टोलीको अग्रता दोब्बर बनाए ।

    रोड्रिगोले ४८औं मिनेटमा गोल गर्दा रियाल ३-० ले अगाडि बढ्यो । खेलको अन्त्य तिर दुई गोल गरे पनि अलाभेसले आफ्नो हार टार्न भने सकेन । अलाभेसका लागि बेनाविडेजले ८५ र गार्सिलाले ८६औं मिनेटमा गोल गरेका थिए ।


    प्रतिक्रिया दिनुहोस