बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • चेल्सीको जितमा एकुन्कुको ह्याट्रिक


    हुलाक प्रेस

    • बुधबार, असोज ९ २०८१०९:३७
    चेल्सीको जितमा एकुन्कुको ह्याट्रिक

    काठमाडौं । क्रिस्टोफर एकुन्कुले ह्याट्रिक गरेसँगै चेल्सीले लिग कपमा चौथो डिभिजनको बारोलाई ५–० ले हराएको छ ।

    चेल्सीले इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार वेस्ट ह्याममाथि ३–० को जित निकालेको टोलीमा ११ परिवर्तन गरेको थियो ।

    तर, एकुन्कुले ह्याट्रिक गर्दै चेल्सीलाई सहज जित दिलाए। १५औं मिनेटभित्र नै एकुन्कुले दुई गोल गरेका थिए । ७५औं मिनेटमा अर्को गोल गर्दै उनले ह्याट्रिक पूरा गरे । २८औं मिनेटमा चेल्सीले एक गोल उपहार पाएको थियो। ४८औं मिनेटमा पेड्रो नेटोले पनि एक गोल थपेका थिए ।


    प्रतिक्रिया दिनुहोस