बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रोमाञ्चक जित निकाल्दै लिभरपुल शीर्षस्थानमा


    हुलाक प्रेस

    • आइतबार, असोज १३ २०८११०:०६
    रोमाञ्चक जित निकाल्दै लिभरपुल शीर्षस्थानमा

    काठमाडौं । घरेलु टोली उल्भरह्याम्पटनविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्दै लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

    जितसँगै लिभरपुलले ६ खेलमा १५ अंक जोडेको छ । पराजित उल्भरह्याम्पटन समान खेलबाट १ अंकका साथ पुछारमा छ ।

    मोलिनेयुक्स रंगशालामा शनिबार लिभरपुललाई जित दिलाउन इब्राहिमा कोनाटे र मोहम्मद सलाहले गोल गरे । उल्भरह्याम्पटनका लागि रायन नोरीले गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा कोनाटेको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । ५६औं मिनेटमा नोरीले गोल गर्दै उल्भरह्याम्पटनलाई बराबरीमा ल्याए ।

    सलाहले ६१औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई २-१ को रोमाञ्चक जित दिलाए ।

    शनिबारै सम्पन्न अन्य खेलमा आर्सनलले आर्सनलले लेस्टर सिटी तथा चेल्सीले ब्राइटनलाई समान ४-२, एभर्टनले  क्रिस्टल प्यालेसलाई २-१ तथा फुलहमले नटिङघम फरेस्टलाई १-० ले पराजित गरे । यसैगरी म्यानचेस्टर सिटी न्युक्यासल युनाइटेड तथा ब्रेन्टफोर्ट वेस्टहम युनाइटेडसँग समान १-१ को बराबरीमा रोकिए ।


    प्रतिक्रिया दिनुहोस