काठमाडौं । स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोनाको विजयी यात्रा आठौं खेलमा आएर टुंगिएको छ । बार्सिलोना शनिबार घरेलु टाली ओसासुनासँग ४-२ ले पराजित भयो ।
हारपछि पनि बार्सिलोना आठ खेलमा २१ अंक जोडेर शीर्षस्थानमा कायम छ । ओसासुना समान खेलबाट १४ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ ।
एल सदार रंगशालामा ओसासुनालाई जित दिलाउन एन्ट बुडिमीरले दुई तथा ब्रायन जारागोन्जा र एबल ब्रिटोन्सले समान एक गोल गरे । बार्सिलोनाका लागि पाउ भिक्टर र लामिन यमलले गोल फर्काए ।
खेलको १८औं मिनेटमा बुडिमीरको गोलमार्फत ओसासुनाले अग्रता लिएको थियो । १० मिनेटपछि नै जारागोन्जाले टोलीको अग्रता दोब्बर बनाए ।
भिक्टरले ५३औं मिनेटमा भिक्टरले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरेका थिए । ७२औं मिनेटमा बुडिमीरले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दा ओसासुना ३-१ ले अगाडि बढ्यो ।
ब्रिटोन्सले गोल गर्दा ८५औं मिनेटमा ओसासुनाको अग्रता ४-१ मा पुग्यो । त्यसको ४ मिनेटपछि यमलले बार्सिलोनका लागि दोस्रो गोल गरेपछि खेल ४-२ को स्थितिमा सकियो ।