बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • युनाइटेडको खराब लय कायमै, टोटनहमसँग घरमै पराजित


    हुलाक प्रेस

    • सोमबार, असोज १४ २०८११०:४९
    युनाइटेडको खराब लय कायमै, टोटनहमसँग घरमै पराजित

    काठमाडौं । खराब लयबाट गुज्रिरहेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा तेस्रो हार व्यहोरेको छ । आइतबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेड टोटनहमसँग ३–० ले पराजित भएको हो ।

    टोटनहमलाई जित दिलाउन ब्रेनान जोन्सन, डेयान कुलुसेस्की र डोमिनिक सोलान्केले गोल गरे । खेलको तेस्रो मिनेटमा जोन्सनले गोल गरेपछि टोटनहमले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।

    ४२औँ मिनेटमा मिडफिल्डर ब्रुनो फर्नान्डेजले रातो कार्डको दर्शन गर्दै मैदान छोडेपछि युनाइटेड पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो ।

    ४७औँ मिनेटमा कुलुसेस्कीले गोल गर्दै पाहुना टिमको अग्रता दोब्बर बनाए । ७७औँ मिनेटमा सोलान्केले क्लबका निम्ति तेस्रो गोल गरेपछि टोटनहमले सहज जित पक्का गरेको हो ।

    जारी लिगमा ६ खेल खेलेको टोटनहमको यो तेस्रो जित हो । तालिकाको आठौँ स्थानमा आसीन टोटनहमले १० अंक जोडेको छ । समान खेलबाट सात अंकको युनाइटेड १२औँ स्थानमा छ । लिगका ६ मध्ये युनाइटेडले दुईमा जित, एकमा बराबरी र तीन खेलमा हार व्यहोरेको छ ।


    प्रतिक्रिया दिनुहोस