बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • लिभरपुलको बोलोग्नामाथि २–० को जित


    हुलाक प्रेस

    • बिहीबार , असोज १७ २०८१०८:३९
    लिभरपुलको बोलोग्नामाथि २–० को जित

    काठमाडौं । एलेक्सिस म्याक एलिस्टर र मोहम्मद सलाहको गोलमा लिभरपुलले च्याम्पियन्स लिगमा इटालियन क्लब बोलोग्नालाई पराजित गरेको छ। 

    बुधबार राति भएको खेलमा लिभरपुलले बोलोग्नामाथि २–० को जित दर्ता गरेको हो। खेलको पहिलो हाफमा एक गोल गरेको लिभरपुलले दोस्रो हाफमा १ गोल थप्यो। 

    पहिलो हाफको ११ औँ मिनेटमा सलाहको छोटो क्रसमा एलिस्टरले ष्ल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। 

    दोस्रो हाफमा पाहुना टोली बोलोग्नाले केही दबाब बनाएपनि खेलमा फर्कन भने असमर्थ रह्यो। खेलको ७५ औँ मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता दोब्बर पार्यो। 

    गएराति नै भएको खेलमा एष्टोन भिल्लाले बायर्न म्युनिखमाथि १–० को सर्घषपूर्ण जित निकालेको छ। 

    खेलको ७० औँ मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका जोन डुरानले गोल गर्दै च्याम्पियन्स लिगमा बार्यन म्युनिखलाई हराएको हो।


    प्रतिक्रिया दिनुहोस