बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विश्वकप क्रिकेटः अस्ट्रेलियाको तेस्रो विकेट पतन, बुमराहलाई दोस्रो सफलता


    हुलाक प्रेस

    • आइतबार, मंसिर ३ २०८००७:२६
    विश्वकप क्रिकेटः  अस्ट्रेलियाको तेस्रो विकेट पतन, बुमराहलाई दोस्रो सफलता

    काठमाडौं । भारतको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट इस्टेडियममा भइरहेको विश्वकप क्रिकेटको फाइनल खेलमा अस्ट्रेलियाको तेस्रो विकेट पतन भएको छ। 

    अस्ट्रेलियाले तेस्रो विकेटका रुपमा स्टेभेन स्मिथलाई गुमाएको हो। उनलाई जसप्रित बुमराहले एलबीलब्लु धरापमा पारेका हुन्। 

    यसअघि पनि बुमराहले मिचेल मार्सको विकेट लिएका थिए। केएल राउलबाट मार्सलाई क्याच आउट गराएका थिए। मार्स १५ रन बनाएर पेविलियन फर्किए। 

    पहिलो विकेटका रुपमा दोस्रो ओभरको पहिलो बलमै मोहम्मद सामीले ओपनर डेविड वार्नरलाई विराट कोहलीबाट क्याच आउट गराएका थिए। स्मिथ भने ४ रन बनाएर आउट भए। 

    टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको भारतले ४९ दशमवल ५ ओभरमा अलआउट हुँदै २४० रन बनाएको थियो। 
    अस्ट्रेलिया यतिबेला ८ ओभरको समाप्तिमा तीन विकेट गुमाउँदै ४७ रन बनाएर खेलिरहेको छ। 


    प्रतिक्रिया दिनुहोस