काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको उपाधि अस्ट्रेलियाले जित्न सफल भएको छ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा घरेलु टिमले दिएको २४१ रनको लक्ष्य अस्ट्रलियाले ४२.६ ओभरमा ६ विकेटले विजयी भएको छ ।
भारतले दिएको २४१ रनको मध्यम लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। यो सँगै अस्ट्रेलियाले सबैभन्दा बढी छैटौँ पटक उपाधि चुमेको छ।
सन् १९८७ मा भारत र पाकिस्तानमा हुँदा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले ३६ वर्षपछि पुनः भारतमै अर्को उपाधि थप्यो। त्यतिबेला इंग्ल्यान्डलाई पराजित गरेको थियो। १९९९ मा पाकिस्तानलाई पराजित गर्दै दोस्रो पटक उपाधि जितेको अस्ट्रेलियाले लगातार उपाधिमा ह्याट्रिक गरेको थियो।
सन् २००३ मा भारतलाई र २००७ मा श्रीलंकालाई पराजित गर्दै चौथो पटक उपाधि जितेको थियो। त्यसपछि सन् २०१५ मा अस्ट्रेलिया र इग्ल्यान्डमा आयोजना हुँदा न्युजिल्यान्डलाई पराजित गरेको थियो।
८ वर्षपछि पुनः आयोजक भारतलाई नै स्तब्ध पार्यो। अस्ट्रेलियाको यो नतिजाले जारी विश्वकपमा १० खेलको अपराजित यात्रा मात्रै टुंगिएन घरेलु दर्शकमाझ तेस्रो पटक उपाधि चुम्ने सपना पनि घरेलु भूमिमा बिलायो। यसअघि भारतले २०११ मा भारत र बंगलादेशले आयोजना गर्दा श्रीलंकालाई पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो।
त्यसअघि १९८३ मा इग्ल्यान्डमा वेस्टइन्डिजलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो। अरु दुई पटक फाइनलमा पुगे पनि दुवै पटक अस्ट्रेलियाले नै निराश बनायो।