बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • इजरायलविरुद्ध फ्रान्सको फराकिलो जित, इटाली र बेल्जियम रोकिए


    हुलाक प्रेस

    • शुक्रबार, असोज २५ २०८११०:१०
    इजरायलविरुद्ध फ्रान्सको फराकिलो जित, इटाली र बेल्जियम रोकिए

    काठमाडौं । यूईएफए नेसन्स लिगमा फ्रान्सले इजरायलविरुद्ध ४–१ को सहज जित निकालेको छ । 

    बिहीबार राति बोज्सिक एरिनामा भएको खेलमा फ्रान्सलाई जित दिलाउन एडुर्ड कामाभिंगा, क्रिस्टोफर एन्कुकु, माटेओ गन्डोउजी र ब्राड्ली बार्कोलाले समान एक गोल गरे । इजरायलका ओम्री गान्डेलमान एक गोल फर्काए । 

    खेलको सातौँ मिनेटमा कामाभिंगाको गोलमा फ्रान्सले अग्रता बनाएको थियो । तर, २४औँ मिनेटमा गान्डेलमानले गोल गर्दै इजरायललाई खेलमा फर्काएका थिए । २८औँमिनेटमा एन्कुकुले गोल गरेपछि फ्रान्सले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । 

    ८७औँ मिनेटमा गुन्डोउजी र त्यसको दुई मिनेटपछि बार्कोलाले गोल गरेसँगै फ्रान्सले ४–१ को जित पक्का गरेको हो । जितसँगै तीन खेलबाट ६ अंक जोडेको फ्रान्स लिग ‘ए’ अन्तर्गत समूह–बी को दोस्रो स्थानमा उक्लिएको छ । तीन खेल खेल्दा पनि अंकविहीन इजरायल तालिकाको पुछारमा छ । 

    यसै समूहमा बिहीबार नै इटाली र बेल्जियमले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । समूहमा तीन खेलबाट सात अंक जोडेको इटाली तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट चार अंक जोडेको बेल्जियम तालिकाको तेस्रो स्थानमा छ ।


    प्रतिक्रिया दिनुहोस