बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रोनाल्डोको गोलमा पोर्चुगलको जित


    हुलाक प्रेस

    • आइतबार, असोज २७ २०८१०८:००
    रोनाल्डोको गोलमा  पोर्चुगलको जित

    काठमाडौं । युरोपियन नेसन्स लिगअन्तर्गत शनिबार राति भएको खेलमा पोर्चुगलले पोल्यान्डलाई ३–१ ले पराजित गरेको छ । पोर्चुगलको यो लगातार तेस्रो जित हो ।

    पोर्चुगलको जितमा बर्नान्डो सिल्भा र क्रिष्टियानो रोनाल्डोले समान एक गोल गरे । जान बेडनारेकले आत्माघाति गोल गरेका थिए । पोल्यान्डको लागि पिओर्ट जिलिन्स्कीले एक गोल फर्काएका हुन् ।

    समूह ए को १ मा लगातार तीन जित निकालेको पोर्चुगल शीर्ष स्थानमा छ । क्रोएसिया ६ अंकसहित दोस्रो र पोल्यान्ड ३ अंकसहित तेस्रो तथा बिना अंक स्कटल्यान्ड पुछारमा छ ।


    प्रतिक्रिया दिनुहोस