काठमाडौं । युरो च्याम्पियन स्पेनले युरोपियन नेसन्स लिगमा दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा स्पेनले डेनमार्कलाई १–० ले पराजित गर्यो ।
स्पेनको जितमा मार्टिन जुबिमेन्डीले निर्णायक गोल गरे । उनले ७९औं मिनेटमा गोल गरेका हुन् । बाँकी समय दुबै टोलीले गोलको अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।
पहिलो पटक दश नम्बर जर्सी लगाएका स्पेनका लामिन यमलसहित पेड्री, फावियन रुइज र अल्भारो मोरटा गोलविहिन बनेका छन् ।
यो हारपछि डेनमार्कले शीर्ष स्थानमा उक्लने अवसर गुमायो । दोस्रो जितपछि स्पेन शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलबाट स्पेनको एक बराबरसहित ७ अंक छ । डेनमार्कको ६ अंक रह्यो । सर्वियाले तीन अंक जोड्दा स्विटजरल्यान्डको कुनै अंक छैन ।