बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नर्वेको पोष्टमा अस्ट्रियाको पाँच गोल


    हुलाक प्रेस

    • सोमबार, असोज २८ २०८११०:०७
    नर्वेको पोष्टमा अस्ट्रियाको पाँच गोल

    काठमाडौं । एर्लिङ हाल्यान्डसम्मिलित नर्वेले युरोपियन नेसन्स लिगमा पहिलो हार बेहोरेको छ । आइतबार राति भएको खेलमा टोली अस्ट्रियासँग ५–१ ले पराजित भयो ।

    हारपछि पनि नर्वे समूह बी को ३ मा शीर्ष स्थानमै यथावत छ । समान ४ खेलबाट अस्ट्रिया सात अंक भएपनि दोस्रो स्थानमा छ । स्लोभाकियाको पनि सात अंक छ । काजाखस्तान एक अंकसहित पुछारमा छ ।

    अस्ट्रियाविरुद्ध इङ्लिस क्लब म्यानचेष्टर सिटीका स्ट्राइकर गोलविहिन भएका थिए । अस्ट्रियामा भएको खेलमा नर्वेको लागि एकमात्रै गोल एलेक्जान्डर सोर्लोथले गरेका थिए ।

    नर्वेको जितमा मार्को अर्नौटोभिकले दुई गोल गर्दा फिलिपि लिएनहार्ट, स्टेफन पोस्च र माइकल ग्रेगोरिटस्चले समान एक गोल गरेका थिए । 


    प्रतिक्रिया दिनुहोस