बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • न्युजिल्यान्डले पाकिस्तानलाई हरायो, भारतको सम्भावना सकियो


    हुलाक प्रेस

    • मंगलबार, असोज २९ २०८१०८:१९
    न्युजिल्यान्डले पाकिस्तानलाई हरायो, भारतको सम्भावना सकियो

    काठमाडौं । आइसिसी महिला ट्वान्टी २० विश्वकपमा न्युजिल्यान्डले पाकिस्तानलाई ५४ रनले हराउँदा भारतको पनि सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।

    सोमबार रातिको खेलसँगै समूह ‘ए’ बाट ८ अंकको अस्ट्रेलिया र ६ अंकको न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेका छन् । समान चार खेलबाट चार अंक जोडेको भारत, २ अंक रहेको पाकिस्तान र बिना अंक रहेको श्रीलंका बाहिरिएका छन् ।

    दुबईमा भएको खेलमा पहिला ब्याटिङ गर्दै न्युजिल्यान्डले ६ विकेट गुमाएर १११ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा पाकिस्तानले ११.४ ओभरमा अल आउट हुँदा मात्र ५६ रन बनाउन सक्यो । पाकिस्तानका चार ब्याटर डकआउट भएका थिए ।


    प्रतिक्रिया दिनुहोस