बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मेस्सी चम्कदाँ अर्जेन्टिनाको सहज जित


    हुलाक प्रेस

    • बुधबार, असोज ३० २०८१०९:२५
    मेस्सी चम्कदाँ अर्जेन्टिनाको सहज जित

    काठमाडौं । विश्वकप छनोटअन्तर्गत बुधबार बिहान भएको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले शानदार जित निकालेको छ । 

    सो खेलमा मेसी नायक बन्दा अर्जेन्टिनाले बोलीभियालाई सहज रुपमा पराजित गर्यो । आफ्नो १० औं खेलमा अर्जेन्टिनाले बोलीभियालाई ६-० ले पराजित गरेको हो । विश्वचर्चित स्टार लियोनेल मेसीले अर्जेन्टिनाले गरेको ६ मध्ये ५ गोलमा आफ्नो प्रत्यक्ष योगदान दिए ।

    खेलको १९ औं मिनेटमा बोलिभियाको डिफेन्डर मार्सेलो सुआरेजको गल्तीमा लियोनेले मेसीले टिमका लागि पहिलो गोल गरेका थिए । ४३ औं मिनेटमा मेसीको पासमा लौटेरो मार्टिनेजले अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

    पहिलो हाफमै ३-० को अग्रता बनाउने क्रममा मेसीलेनै दिएको असिस्टमा जुलियन अल्भारेजले गोल गर्दा अर्जेन्टिनाले सहज अग्रता बनाएको थियो ।

    दोस्रो हाफमा पनि अर्जेन्टिनाले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दियो । थिएगो अलमाडाले ६९ औ मिनेटमा चौंथो गोल गर्दा खेलको अन्तिम समयमा लगातार दुई गोल गर्दै मेसीले ह्याट्रिक पूरा गरेका थिए । उनले ८४ औं मिनेटमा एक्जिक्विल पालिसियोको पासलाई सदुपयोग गर्दै दोस्रो गोल गर्दा निकोलस मार्टिनेजको पासलाई सदुपयोग गर्दै ह्याट्रिक पूरा गरे भने टिमलाई ६-० को सानदार जित दिलाए। उनले अन्तर्राष्ट्रिय र क्लब करिअरमा गरेर ८ सय ५० गोल पूरा गरेका छन् ।

    जितसँगै अर्जेन्टिना अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। उसको २२ अंक भएको छ ।


    प्रतिक्रिया दिनुहोस