बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • स्कटल्यान्डसँग बराबरीमा रोकियो पोर्चुगल, गोल गर्न नसक्दा रोनाल्डो निराश


    हुलाक प्रेस

    • बुधबार, असोज ३० २०८१०९:३३
    स्कटल्यान्डसँग बराबरीमा रोकियो पोर्चुगल, गोल गर्न नसक्दा रोनाल्डो निराश

    काठमाडौं । नेशन्स लिग फुटबलअन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा गोल गर्न नसक्दा रोनाल्डो निरास बनेका छन् । 

    पोर्चुगललाई गोलरहित बराबरीमा रोकेको स्कटल्यान्डले एक अंक सुनिश्चित गर्दै आफ्नो नाममा बन्न लागेको खराब रेकर्डको कीर्तिमानबाट बचेको छ ।

    क्रिस्टियानो रोनाल्डो भने आफ्नो २०० औं अन्तर्राष्ट्रिय खेलमा पोर्चुगलको तर्फबाट १३४ औं गोल गर्ने प्रयासमा निरास बने । उनले गोलका केही उत्कृष्ट अवसर चुकाए । घरेलु गोलरक्षक क्रेग गोर्डन र उनको डिफेन्स लाइनले पोर्चुगलको रक्षापंक्तिलाई कडा चुनौती दिएको थियो ।

    यो बराबरीको नतिजाले स्टिभ क्लार्कको टोलीलाई केही राहत मिलेको छ । पछिल्ला १६ खेलहरूमा केवल एक खेलमात्र जितेको स्कटल्यान्डले लगातार संभावित ६ खेलको हारको कीर्तिमानबाट बचेको छ । सुरुवातमा गोलको अवसर पाएपनि गोल गर्नबाट चुकेको थियो ।

    गत महिना लिस्बनमा भएको खेलमा पोर्चुगललाई २-१ को जीतमा अन्तिम समयमा निर्णायक गोल गरेका रोनाल्डोले यो खेलमा भने सिमित अवसरमा गोल गर्न सकेनन् ।

    अन्य खेलमा पोल्यान्ड र क्रोएसियाले ३-३ गोलको बराबरी खेल्दा कोसोभोले साइप्रसलाई ३-० ले हरायो । त्यस्तै रोमानियाले लिथुनियालाई २-१ ले हराउँदा बेलारुस र लक्जेम्बर्गले १-१ गोलको बराबरी खेले ।

    त्यस्तै, नर्दन आयरल्यान्डले बुल्गेरियालाई ५-० ले हराउँदा स्पेनले सर्वियालाई ३-० ले पराजित गर्‍यो । त्यस्ते स्विट्जरल्यान्ड र डेनमार्कले २-२ गोलको बराबरी खेले ।


    प्रतिक्रिया दिनुहोस